सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।
आज हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।
यी दुई टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
चौथो जितको खोजीमा रहेको एनआरटी १२ खेलमा १३ अंक जोडेर ११ औँ स्थानमा रहेको छ भने सातौँ जित निकाल्ने योजनामा रहेको थ्री स्टार क्लब १२ खेलबाट २२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै आजै हुने दोस्रो खेलमा हिमालयन शेर्पाले त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ ।
चौथो जित निकाल्ने योजनामा रहेको हिमालयन शेर्पा १२ खेलमा १३ अंक जोडेर तालिकाको १३औँ स्थानमा रहेको छ भने त्रिभुवन आर्मी क्लबले १२ खेलबाट १९ अंक जोडेको छ र तालिकाको चौथो स्थानमा रहेको त्रिभुवन आर्मी क्लब छैटौँ जितको खोजीमा रहने छ ।
प्रतिक्रिया