सहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजबाट दशौँ चरणको खेल सुरु हुँदैछ । दशौँ चरण अन्तर्गत आज दुई वटा खेल हुँदैछ ।
आज हुने पहिलो खेलमा खुमलटार र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । यी दुर्इ टिमबीचको खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
एफसी खुमलटार ९ खेलबाट १० अङ्क जोडेर लिगको १० औँ स्थानमा रहेको छ भने एनआरटी ७ अङ्कका साथ लिगको पुछारबाट दोस्रोमा रहेको छ ।
त्यसैगरि आजै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुर्इ टिमबीचको खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजेबाट सुरु हुनेछ ।
मनाङ मर्स्याङ्दी क्लब ९ खेलबाट १५ अङ्क जोडेर लिगको तेस्रो स्थानमा रहेको छ भने त्रिभुवन आर्मी क्लब समान खेलबाट १२ अङ्कका साथ लिगको आठौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया