सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत आज तीन खेल हुँदैछन् । दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र एक खेल च्यासल मैदानमा हुने तालिका रहेको छ ।
गत सिजन तेस्रो स्थानमा रहेको न्युरोड टिम (एनआरटी)ले आज सातदोबाटो युथ क्लबसँग च्यासल मैदानमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल दिउँसो २:३० बजेबाट सुरु हुनेछ । सोही समयमा गत सिजन उपविजेता बनेको त्रिभुवन आर्मी क्लबले आज संकटा क्लबसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ ।
साविक विजेता मच्छिन्द्र फुटबल क्लबले आज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबविरुद्ध साँझ ५:३० बजे दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ ।
तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ ।
प्रतिक्रिया