जावलाखेल युथ क्लबले ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमायाे

Khel Sarokar

खेल सरोकार

जावलाखेल युथ क्लबले ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमायाे

जावलाखेल युथ क्लबले सहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।त्रिभुवन आर्मी क्लबसँग जावलाखेल युथ क्लबले ३-१ गोलको अन्तरले पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न भएको खेलमा आर्मीलाई जित दिलाउन कप्तान जिलेस्पि जंग कार्की, नबयुग श्रेष्ठ र सुदील राईले गोल गरेका थिए  आर्मीका लागि सुनिल खड्काले गोल गरेका थिए ।

खेलको १७ औं मिनेटमा आर्मीका जिलेप्सी जंग कार्कीले गोल गरेर अग्रता बनाएको थियो । खेलको ५५ औं मिनेटमा आर्मी नवयुग श्रेष्ठको गोलले अग्रता दोब्बर बनायो ।

त्यसपछि खेलको ६२ औं मिनेटमा जावलाखेलका सुनिल खड्काले गोल गर्दै खेलमा फर्कने संकेत गरेको थियो ।

तर खेलको ८० औं मिनेटमा सुदिल राईको गोलले अग्रतालाई ३–१ मा पुर्यायो ।

जितसँगै ८ खेलमा १२ अंक जोड्दै त्रिभुवन आर्मी क्लब तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने पराजित भएको जावलाखेल युथ क्लब १४ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया